पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा सुनिल थापा चयन

पोखरा सांगीतिक कलाकार संघ नेपालको तेह्रौं साधारण सभा तथा छैटौं अधिवेशनले सुनिल थापा(हर्कबहादुर)लाई अध्यक्षमा चयन गरेको छ । कन्दरा व्याण्डका ड्रमर समेत रहनुभएका संगीतकार थापालाई अधिवेशनले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा संगीतकार तथा गायक सागर शाह (एनजे), वैकल्पिक उपाध्यक्षमा लेकाली व्याण्डका भाई गुरुङ (हर्कराज) सचिवमा गीतकार राजेन्द्र अधिकारी (अपूर्ण), सहसचिवमा डि–मर्चा व्याण्डका लिड भोकलिस्ट भास्करध्वज श्रेष्ठ र कोषाध्यक्षमा देउराली व्याण्डका शान्तरत्न बज्राचार्यलाई चयन भएका छन् ।

समितिको सदस्यमा खिम गुरुङ (पायँ आली) तेज केसी (देउराली), आनन्दराज बज्राचार्य (गायक), अमित गुरुङ (कन्दरा व्याण्ड) र ईन्द्र गुरुङ (पखेरी व्याण्ड) चयन भएका छन् ।

यसैबीच, समितिको पहिलो बैठकले समितिको सदस्यमा बिनोद बानियाँ, प्राप्ती तुलाचन र बबी सुनारलाई चयन गरेको सहसचिव भास्करध्वज श्रेष्ठले जानकारी दिनुभयो । १५ सदस्यीय कार्य समितिमा बाँकी १ सदस्य पछि चयन गरिनेछ ।

त्यस्तै, समितिको सल्लाहकारमा साहित्यकार तथा गीतकार तीर्थ श्रेष्ठ, एस.के.साउण्ड सिस्टमका शेरबहादुर गुरुङ, बार डिजिटलका सञ्चालक बुद्धराज बज्राचार्य, विष्णुकुमार श्रेष्ठ (अल्पविराम) र हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङलाई चयन गरेको छ ।

समितिले अफिसियल पत्रकारमा सन्देश श्रेष्ठ र सुरज श्रेष्ठलाई अफिसियल फोटोग्राफरमा चयन गरेको सहसचिव भास्करध्वज श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments