एक जोडी परेवाको मुल्य २५ हजार

एक जोडी परेवाको मुल्य २५ हजार भन्दा तपाईलाई अच्चम लाग्ला ! अच्चम नमान्नुहोला । पोखराका दयाकुमार द्वाको नर्सरीमा हामी नेपालीहरुको लागि नौलो लाग्ने परेवा ५ हजार देखि २५ हजार मुल्यमा विक्रि भइरहेको छ ।

हाम्रो परिवेशमा परेवा पाल्न परापूर्वकालदेखि शुरु गरिएको हो तर अब भने परेवा सोखका हिसावले पनि पाल्न शुरु गरिएको छ । मन्दिरमा उडाउन या पुजा गर्न परेवाको बढी प्रयोग हुने गरेपनि अहिले शोखको रुपमा पनि परेवा खरिद गरेर पाल्ने चलन पनि बढ्दै गएको छ ।

यसैवीच पोखरा गोल्डेन नर्सरीका सञ्चालक पुष्प ब्यबसायी दयाकुमार द्वाको सिर्दार्थ चोकमा आफ्नो नर्सरीमा पेन्सिल पाउडर, मेम्पा इपाउडर, इङलीस लम्का, चुहा चन्दन, जाकाविन, चिनी, चाइनिज अल, मोदिना, बदामी लगायतका २० प्रजातिका परेवा रहेका छन् ।

द्धाका अनुसार पेन्सील पाउडरको मुल्य ५ हजार र मेन्पाई पाउडरको एक जोडी परेवाको २५ हजारसम्ममा विक्रि हुने गरेको छ । परेवाको माग राम्रो रहेकाले आफुले १० बर्षदेखि परेवा पाल्दै आएको उहाँले जानकारी दिनुभयो ।

परेवा लिनका लागि काठमाडौदेखि ग्राहक आउने गरेका छन् । पोखरामा केही ब्यक्तिहरुले खरिद गर्न थालेका छन् । नौलो परेवाहरु देखेर गोल्डेन नर्सरीमा आउनेहरु अच्चम मान्दै जिज्ञासा राख्ने गरेका छन् । पछिल्लो समय पोखरेलीहरु परेवाप्रति आर्कषित हुन थालेको उहाँको भनाई छ ।

Facebook Comments