पोखरा प्रिमियर लिगमा पोखरा पल्टन र काठमाण्डौं रोयल्स विजयी

पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोज पोखरा पल्टनसँग पराजित भएको छ । पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ४१ रनको लक्ष्य दिएको थियो । १ सय ४१ रनको लक्ष पोखराले ५ विकेटको क्षतिमा पुरा गरेको हो ।

जितसँगै घरेलु टोली पोखरा पल्टनले २ खेल जित्दै ४ अंक बनाएको छ । सोमबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन जोडेको थियो ।

यसअघि पहिलो खेलमा विराटनगर टाइटन्स पराजित भएको छ । विराटनगरको यो लगातार तेस्रो हार हो । काठमाण्डौं रोयल्ससँग विराटनगर ५ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गर्दै विराटनगरले काठमाण्डौंका लागि एक सय ५० रनको लक्ष्य दिएको थियो । काठमाण्डौंल विराटनगरले दिएको १५० रनको लक्ष ५ विकेटको क्षतिमा पुरा गरेको हो ।

तस्विर सौजन्य : सुर्दशन रञ्जित

Facebook Comments