राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भेटवार्ता

कतारको चारदिने औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । अमिरी दिवान (दरबार)मा भएको भेटवातामा दुई देशबीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको वताईएको छ ।

यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा त्यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नुभएको छ । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा हुनुहुन्छ ।

Facebook Comments