स्वरेकमा हुने प्याराग्लाइडिङ विश्वकपको तयारी पुरा, विदेशी खेलाडी स्वरेकमा

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा हुने “प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८”को तयारी पुरा भएको छ । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप हुने भएको हो ।

हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियन गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्गको पहिलो पटक “प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८” आयोजना गर्न लागिएको हो ।

स्याङ्गजाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १८ गते सम्म हुने छ । प्याराग्लाइडर्सहरुले समुद्र सतह देखि १६०० मिटरबाट जम्प गर्ने छन भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चिन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, ईरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्टको प्रतिस्पर्धा रहने नेपाल पाराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउत ले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुनेले जानकारी दिनुभयो । प्रतियोगितामा सबैभन्दा बढी खेलाडी कोरिया बाट आएका छन । कोरियाका दुइ पुरुष र एक महिला टिमको सहभागिता रहनेछ ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ ।

एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुने छ । नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ जिल्ला समन्वय समिती, स्याङ्गजा, जिल्लाका स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् ।

Facebook Comments