भारतमा ३० अर्ब लागतमा विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण

भारतले विश्वकै सवैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरिएको हो ।

१८२ मिटर अग्लो ’स्टाच्यु अफ युनिटी’ को निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको हो । यो मूर्तिको प्रधानमन्त्री मोदीले बुधबार एक कार्यक्रमबीच अनावरण गर्नुभएको छ ।

पटेलको १४३ औँ जन्म जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच मूर्तिको अनावरण गर्नुभएको हो । यस क्रममा प्रम मोदीले कौटिल्यको कुटनीति र शिवाजीको शौर्यको मिलनका रुपमा सरदार पटेललाई व्याख्या गर्नुभएको थियो ।

विश्वमा अब दोस्रो अग्लो मूर्ति चीनस्थित स्प्रिङ्ग टेम्पलमा रहेको बुद्धको मूर्ति बनेको छ । जसको उचाई १५३ मिटर छ । भारतमा निर्मित १८२ मिटर अग्लो ’स्ट्याच्यु अफ युनिटी’ को उचाई न्यूयोर्कको ९३ मिटर अग्लो ’स्ट्याच्यु अफ लिबर्टी’ भन्दा दुई गुणा छ ।

Facebook Comments