प्रयोगकर्ताका डाटा जोखिममा परेपछि गुगल प्लस बन्द

गुगलको सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द भएको छ । प्रयोगकर्ताको डाटा जोखिममा परेकाले गुगल प्लस बन्द गर्नुपरेको गुगलले जनाएको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएको थियो ।

गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरेफेस (एपिआइ) मा एक बग फेला पारेको थियो । अनुसन्धान गर्दा ह्याकरहरुले गुगल प्लस प्रयोगकर्ताका प्रोफाइलमा पहुँच स्थापित गरेका पत्ता लागेको थियो ।

गुगलले ह्याकिङका कारण जोखिममा परेका प्रयोगकर्ताका डाटा अनाधिकृत दुरुपयोग नभएको दावी गरेको छ । प्रयोगकर्ताको प्रोफाइल नाम, इमेल ठेगाना, पेशा, लिंग तथा उमेर जस्ता डाटाहरुलाई असुरक्षित बनाए पनि अन्य कुनै डाटा असुरक्षित नभएको गुगलको दाबी छ ।

गुगल प्लसमा सफ्टवेयरको कमजोरीका कारण सन् २०१५ देखि २०१८ को बीचमा बाह्य सफ्टवेयर डेभलपर्सले गुगल प्लसका प्रयोगकर्ताका प्रोफाइलका डाटाहरु ह्याक गर्ने कोसिस गरेको बताइएको छ ।

Facebook Comments