हिमाली क्षेत्रका च्याङ्ग्रा पोखरामा(फोटो फिचर)

विश्वराज सुवेदी

यस बर्षको विजयादशीमको लक्षित गर्दै हिमाली जिल्ला मुस्ताङका च्याङ्ग्रा पोखरा ल्याइएको छ । हिमाली क्षेत्रमा जडिबुटी खाएका च्याङ्ग्राको मासु खान उपभोक्ताको रुची हुने भएकाले हरेक बर्ष दशैंका अवसरमा हिमाली क्षेत्रबाट व्यापारीले च्याङ्ग्रा ल्याउने गर्दछन् ।

तर यस बर्ष हरेकजसो स्थानीय तहले प्रतिगोटाका हिसावले कर असुलेका कारण च्याङ्ग्राको मुल्य गत बर्षको तुलनामा पोखरामा कम्तिमा पनि ५ हजार महंगो पर्न जाने व्यपारीहरुले बताएका छन् ।

कतिपय स्थानीय तहले त प्रति दिनका हिसावले कर उठाउने गरेको व्यापारीको गुनासो रहेको छ । उपभोक्तामा बर्षको एकपल्ट आउने चाड भएकाले पनि महंगो भएपनि च्याङ्ग्राकै मासु खाने रुची देखिन्छ ।

पोखरामा अन्दाज गरेर रोजेका च्याङ्ग्रा २५ देखि ३० हजारमा बिक्री गरिएको छ । गत साल २५ हजारसम्ममा बिक्री भएको थियो । उपभोक्ताले आँफै अन्दाज गरेर च्याङ्ग्रा रोज्ने गर्दछन् ।

हेम्जाको याम्दीमा च्याङ्ग्रा
च्याङ्ग्रा चराईंदै

Facebook Comments