डि-मर्चाको लोक लयमा आधरित ‘पानी घट्ट’सार्वजनिक

पप संगीतमा स्थापित व्याण्ड डि–मर्चाले ‘पानी घट्ट’ सार्वजनिक गरेको छ । देउडालाई पपमा ढालेर ‘झ्याम्म झ्याम्म’ गीतबाट चर्चित भएको डि–मर्चाले लोपोन्मुख शब्द ‘पानी घट्ट, घर्र घर्र’ लगायतका स्थानीय शब्द जोडेर गीत तयार पारेको हो । नवराज बरालको शब्द, डि–मर्चाको आफ्नै संगीतमा गीत तयार पारिएको हो । यस गीतमा सुदूरपश्चिम र पश्चिम नेपालको लोक भाकाको समिश्रण रहेको छ ।

गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । निकेश खड्काको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा काउली बुढीको रुपमा परिचित सन्ध्या बुढा र निराजन प्रधान लगायतले अभिनय गरेका छन् । गीत र भिडियोमार्फत नेपाली लोपोन्मुख लोक भाका संरक्षण हुने डिमर्चा ब्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठको भनाई छ ।

नयाँ गीतहरु संग्रह गरेर नयाँ एल्वम् निकाल्ने तयारीमा जुटेको डि–मर्चा व्याण्डले ‘खैलाबैला भो’, ‘हुन्देरे’, ‘१,२,३ भन्दिने हो’, ‘झ्याम्म झ्याम्म’ र कोही छ किन्ने ? लगायतका एल्वम् निकालिसकेको छ ।

Facebook Comments