लायन्स टुरिजम सिटीको लायन्स नाइट सम्पन्न

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको चौथो संस्करण लायन्स नाइट पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँरले समाज सेवामा लायन्सहरुको भूमिका प्रशंसनीय भएको रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरण गर्नका लागि पनि लायन्सको भूमिका महत्वपूर्ण हुने र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमकै अवसरमा लायन्स क्लब अफ ३२५ वी वानका डिष्ट्रिक गर्भनर लायन अशोक श्रेष्ठ, निवर्तमान डिष्ट्रिक गर्भनर लायन धनराज आचार्य र संस्थालाई दिशानिर्देश गरेको भन्दै एनएलएफ चिफ लायन मिलन थापालाई सम्मान गरिएको थियो ।

सम्मान पछि बोल्दै सम्मानित व्यक्तित्व श्रेष्ठले संस्थामा लामो समयसम्म काम गर्दै गर्दा सम्मानित भएकोमा खुसी लागेको र आगामी दिनमा पनि अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्नुभयो । सोही अवसरमा अराइज व्याण्डले आफ्नो प्रस्तुती राखेको थियो भने गायिका आस्था राउतको वेजोड प्रस्तुती रहेको थियो ।

लायन र गैरलायन्सबीच फेलोसिप बढाउन, गर्भनरको सम्मान गर्न, विजयादशमी र शुभदिपावलीको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित लायन्स नाइटले लायन्स गैरलायन्स र लायन्स क्लब अफ पोखरा टुरिजम सिटीलाई चिनाएको छ । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष लायन निरन केसीको अध्यक्षतामा भएको कार्यक्रमको सचिव लायन निरज पन्तले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments