समृद्ध नेपाल र सुखी नेपाली प्रतिबद्धता पूरा गरेरै छाड्छौ : नेकपा अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

शनिबार नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको अध्यक्ष प्रचण्डले दाबी समेत गर्नुभएको छ । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गर्नुभयो । प्रचण्डले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

Facebook Comments