लहानमा गण्डकी विकास बैंकको शाखा विस्तार

पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले सिराहाको लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले बैंकको नयाँ शाखाको शुभारम्भ गर्नुभएको हो ।

नयाँ शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, सी–आस्वा, आईपीएस, मोबाइल बैकिङ सेवा, सुन धितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैंकिङ सेवा संचालन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिनुभयो । बैंकले केन्द्रिय कार्यालय सहित देशका ७७ वटा शाखा कार्यालयबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Facebook Comments