करले आतंकित बनायो : व्यवसायी

पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायिक एकतामा जोड दिनुभएको छ । कपडा व्यवसायी एसोसियसन कास्कीले गरेको बधाई ज्ञापन तथा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अधिकारीले व्यवसाय प्रवद्र्धनका लागि एकतामा जोड दिनुभएको हो ।

उहाँले व्यवसायीका समस्या समाधान तथा गुनासो सुनुवाईका लागी पोखरा उद्योग बाणिज्य संघको ढोका सधै खुला रहने उल्लेख गर्नुभयो । राज्यले संचालन गरेका धेरै उद्योगहरु पलायन भएको उदाहरण पेश गर्दै अधिकारीले मुलुकको व्यवसायिक तथा औद्योगिक विकासमा निजीक्षेत्रको भूमिका नभुल्न सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै व्यवसायीहरुले भने बजारमा करका नाममा त्रास बढेको बताएका थिए । कर लगायतका व्यवसायीक समस्याहरु समाधानका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न पोखरा उद्योग बाणिज्य संघलाई व्यवसायीको आग्रह थियो । एशोसियसनका अध्यक्ष नविन नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्ष्मण न्यौपाने र संचालन महासचिव गजेन्द्रमान श्रेष्ठले सञ्चालनमा सम्पन्न भएको हो ।

Facebook Comments