कुमार शर्माको ‘कान्छी र्याई र्याई’ सार्वजनिक

गायक कुमार शर्माको नयाँ गीत ‘कान्छी र्याई र्याई’ सार्वजनिक भएको छ । भिडियो साझेदार साइड युबट्युब तथा विभिन्न टेलीभीजन मार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा गाएक कुमार शर्माको शब्द संगित र स्वर रहेको छ भने गीतको एरेन्ज देबेन्द्र नेवाको रहेको छ । विगत एक दशक अघिदेखी गीत संगीतमा लागेका गायक शर्माले यो भन्दा अगाडि कथा जिन्दगीको नामक अडियो भिडियो सार्वजनिक भइसकेको छ ।

यस अघि बजारमा सोलो गीत लीएर आएका कुमार भने अहिले नाचुम नाचुम लाग्ने गीतमा चल्तीकी नायिका सिल्पा पोखरेललाई लिएर भिडीयोमा कुमार आफ्नै अभिनय रहेको छ ।

पोखराको पन्थी गल्लीमा कपडाको होलसेल ब्यबसाय गरेर बसेका कुमार को गीत संगीत प्रतिको माया र लगाब कहिलै नटुङगीने र गायनमा निरन्तरता रही रहने गायक कुमारको भनाई छ ।

उक्त गीतको निर्देशन अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतको छायांकन सरोज अधिकारीको र सम्पादन पदम तिमल्सीनाको सम्पादन रहेको छ । गीतको भिडियो हाईलाइट नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।

Facebook Comments