श्रीयाको परिवारलाई पोखरा महानगरपालिकाको आर्थिक सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रीया बिक सुनारको परिवारलाई पोखरा महानगरपालिकाले साथ दिएको छ । पोखरा महानगरपालिका कार्यालयका तर्फबाट मृतक विकको घरमै पुगेर नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेसका सचेतक एवं वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछाने सहयोग हस्तान्तरणका लागि पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीस्थित बिकको घरमा पुगेका थिए ।

श्रीया बलात्कारपछि हत्याका दोषी कुसुम पौडेल

उनीहरुले श्रीयाकी आमा वेलकुमारी वि.कलाई ले संयूक्त रुपमा १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताउदै दोषीलाई कडा कार्वाही हुनुपर्ने बताउनुभयो । श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए । हत्याका दोषी पौडेललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेलचलान गरेको छ ।

Facebook Comments