नेशनल प्याव्सानको वार्षिक साधारण सभा सम्पन्न

नेशनल प्याव्सान कास्कीको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा नेशनल प्याव्सान कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रत्नाकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरिएको छ ।

साधारण सभामा लेखा समिति संयोजक रमेशराज पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले शिक्षा विधेयक २०७५ सम्वन्धी, एन प्याव्सान कास्कीका उपाध्यक्ष शिवदत्त तिवारीले खेलकुद महोत्सव सम्वन्धी र भिमप्रसाद न्यौपाने नयाँ परिमार्जित पाठ्यक्रम सम्वन्धी जानकारी गराउनुभएको थियो ।

एन प्याव्सान कास्कीले मंसिर १८ गते देखि २१ गते सम्म खेलकुद महोत्सव समेत गर्ने भएको छ । हाल एन प्याव्सान कास्कीमा ४५ विद्यालय आवद्ध रहेका छन् । यस अघि कार्यक्रमको उद्घाटन गर्दै एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले निजि विद्यालयका समस्याका विषयमा केन्द्रले सधै वकालत गर्ने बताउनुभयो ।

एन प्याव्सानका गण्डकी प्रदेश अध्यक्ष याम खड्काले प्रदेशलाई वलियो वनाउने काम जिल्लाको उल्लेख गर्नुभयो । एन प्याव्सनका केन्द्रीय सदस्य रामबहादुर थापाले निजि र सरकारी शिक्षा दुवै एउटै भएकाले सरकारले निजि विद्यालयलाई अवहेलना गर्न नहुने बताउनुभयो ।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments