प्रेस युनियन चितवनमा ढकाल निर्वाचित

चितवनका चर्चीत क्रियाशिल युवा पत्रकार अनिल ढकाल नेपाल प्रेस युनियन चितवन शाखाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रत्यासी पूर्ण शर्मालाई पराजित गर्दै ढकाल विजयी हुनुभएको हो ।

ढकालको १४८ मत र उनका प्रत्यासी पूर्ण शर्माले २८ मत प्राप्त गरेका छन । हिजो सुरु भएको युनियनको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि सहमति नजुटेपछि आज मतदान भएको थियो ।

युनियन चितवनको उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी, महिला उपाध्यक्षमा अनिता अर्याल, सचिवमा प्रस्ताव सुवेदी, कोषाध्यक्षमा विप्लव काफ्ले रहेका छन् । विगत एक दशकभन्दा बढी समयदेखि चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय रहेका ढकाल अन्नपूर्ण मिडिया नेटवर्कका चितवन सम्वाददाता रहनुभएको छ ।

Facebook Comments