हिमालीको साँस्कृतिक दसैं, तिहार कार्यक्रम सम्पन्न

हिमाली साँस्कृतिक परिवार पोखराले महान चाड दसैं तथा तिहारको अवसरमा साँस्कृतिक दसैं तथा तिहार–२०७५ कार्यक्रम गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरेको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकाहरुद्धारा दुर्गा नृत्य, सेमी क्लासिक नृत्य, गण्डकी प्रदेशको म्याग्दी जिल्लाको पुन समाजमा प्रचालित बिदाबारे मारुनी नाच, हिन्दी गीतमा नृत्य, नेपाली झ्याउरे, पञ्चेबाजा, कौरा गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक रामभक्त जोजिजू र इतु जोजिजूले आफ्नो साँगीतिक प्रस्तुत गरेका थिए ।

Facebook Comments