सफल सहकारीको साधारणसभा सम्पन्न

पोखरा महानगरपालिका घारीपाटनमा रहेको सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले सो साधारणसभाको उद्घाटन गर्दै मुलुकको समृद्धिका लागि सहकारीमा रहेको रकमलाई उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्ने औंल्यानुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा मात्र ३ सय १९ वटा सहकारी संस्थामा अरबौ रकम रहेको उल्लेख गर्दै उनले त्यसका लागि महानगरसँग समन्वय गरेर अगाडि बढ्न तयार रहेको जानकारी दिनुभयो । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले मुलुकका ग्रामीण क्षेत्रको बाँझो जग्गालाई उपयोगमा ल्याउनेतर्पm सहकारी संस्थाले सोच्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा शेयर सदस्यका ८० बर्ष उमेर नाघेका चारजना आमाबुबा र कक्षा दश जोड दुईदेखि स्नाकोत्तर तहसम्म सर्वोत्कृष्ठ अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो । साधारण सभाका अतिथिहरुलाई एभोकाडो फलको विरुवा उपहार प्रदान गरिएको थियो । पोखरा १७ घारीपाटनकी अन्जना गुरुङले साधारणसभामा एउटा खुट्टाले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सहकारी र उपस्थित शेयर सदस्यले गुरुङलाई प्रोत्साहन स्वरुप संकलन भएको १८ हजार रुपैया हस्तान्तरण गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक र लेखा सुपरीवेक्षण समितिका तर्फबाट लेखा प्रतिवेदन पारित गरिएको छ । संस्थाका अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बासुदेव पौडेलले स्वागत एवं सचिव धनबहादुर रानाभाट र शिक्षा उपसमिति संयोजक गणेश श्रेष्ठले सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments