गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाप्रति प्रदेश सरकारबाट शोक व्यक्त

गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाप्रति गण्डकी प्रदेश सरकारले दुःख व्यक्त गरेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जारी गर्नुभएको शोकवक्तव्यमा आधारशिविरमा हिमआँधिका कारण भएको निधनले मर्माहत भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ । साथै विपदको घडीमा उद्धार कार्यमा संलग्न सबैप्रति धन्यवाद प्रकट गरिएको छ ।

Facebook Comments