पामे सहकारीको साधारण सभामा ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष ओमप्रकास सुबेदीले महानगरले सहकारीलाई प्रभावकारी र निरिक्षण गर्नका लागि सहकारी समिति छिटै बनाउने बताउनुभएको छ । पामे बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सहकारीलाई प्रभावकारी बनाउन सहकारी समिति गठन गर्न लागेको जानकारी दिनुभएको हो ।

कार्यक्रममा सहकारी निरिक्षक गुरुप्रसाद पौडेलले सहकारीको बर्गिकरण गरि कुन स्थानीय तहले अनुगमन गर्ने कुन प्रदेशले भन्ने छुटिसकेको भन्दै सहकारी अनुगमन प्रभावकारी बनाउनु पर्ने बताउनुभयाो । त्यसै गरि जिल्ला सहकारी संघका सदस्य नवराज बरालले महानगरले सहकारीको कानुन बनाउदा सहकारी मैत्री बनाउन सुझाब दिनुभयो । कास्की बचत तथा ऋण सहकारी संघकी सदस्य कमला गिरीले उत्पादन मुलक क्षेत्रमा नै लागनीलाई बढाउन सुझाब दिनुभयो ।

पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेश्वर दवाडीले आगामी वर्षको योजना रहेको जानकारी दिनुभयो । साथै निक्षेप ६ करोड ७८ लाखलाई आगामी वर्ष ९ करोड बनाउने, हाल रहेको १० करोड २ लाख लगानीलाई १२ करोड पु¥याउने योजना सहकारीके रहेको छ ।

संस्थाका सचिब अग्नीधर त्रिपाठी र सहसचिब मिनराज खड्काले संचालन गरेको कार्यक्रममा संस्थाका सदस्यहरुका छोरा छोरी मध्येबाट एसइइमा निजी र सरकारी तर्फबाट उत्कृष्ठ हुनेहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका एकाघरका बृद्ध र बृद्धा एक एक जनालाई नगद सहित सम्मान गरेका थिए । सहकारीमा ६ सय १ जना शेयर सदस्य, ४ करोड २० लाख शेयर रकम, ६ करोड ७८ लाख निक्षेप संकलन, १० करोड २ लाख कर्जा लगानी रहेको छ ।

Facebook Comments