शुभकामना आदान प्रदान तथा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न

विष्णुपादुका युवा क्लब हेम्जाको आयोजनामा आईतबार हेम्जाको बिष्णुपादुका खेल मैदानमा भएको मैत्रीपूर्ण नाईन ए साईड फुटबल खेलमा विष्णुपादुका विजयी भएको छ । मैत्रीपूर्ण खेलमा विष्णुपादुका युवा क्लबको टिमले मिडियाको टिमलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ गोल भएपछी खेल टाईब्रेकरमा धेकेलिएको थियो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफमा मिडियको तर्फबाट पुर्ण न्यौपानेले दुई गोल गरेका थिए भने बिष्णुपादुकाको तर्फबाट पनि गोबिन्द पौडेलले दुई गोल नै गरेका थिए ।

निर्धारित समयमा दुबै तर्फबाट २–२ गोल भएपछी भएको टाईब्रेकरमा विष्णुपादुकाको तर्फबाट रमेश कार्की, रामकुमार श्रेष्ठ र शुशिल श्रेष्ठले गोल गरेका थिए भने मिडियाको तर्फबाट पुर्ण न्यौपाने र मन क्षेत्रीले मात्र गोल गरे पछी खेल टाईब्रकरमा बिष्णुपादुकाले ३–२ गोलले जितेको हो । खेल हुनु भन्दा अगाडी भएको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले मैत्रीपूर्ण खेलले आत्मियता बढ्ने बताउनुभयो ।

Facebook Comments