गण्डकी प्रदेशमा विजयादशमी तथा दीपावली लगायतको शुभकामना

गण्डकी प्रदेश कार्यालयका तर्फबाट विजयादशमी, शुभदीपावली, छट लगायतका पर्वहरुको अवसरमा शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रम गरिएको छ ।

मुख्यमन्त्री तथा प्रदेश मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रदेश प्रमुख बाबुराम कुँवर, संघीय सरकारका युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्मा, संघ तथा प्रदेशका सांसद, विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी कर्मचारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

उपस्थितलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विजयादशमी तथा शुभदीपावली लगायत विभिन्न जाति समुदायले मनाउने चाड पर्वका अवसरमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले चाडपर्वलाई भड्किलो बनाउने भन्दा पनिसाधारण हिसावले आफन्तजनवीचको भेटघाटका हिसावले मनाउन जनसमुदायलाई आग्रह समेत गर्नुभयो ।

Facebook Comments