स्याङजा दिदिबहिनी एकता समाजको शुभकामना आदान प्रदान सम्पन्न

स्याङजा दिदिबहिनी एकता समाजको शुभकामना आदान प्रदान सम्पन्न स्याङजा दिदिबहिनी एकता समाजको शुभकामना आदान प्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखरामा भएको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मीना गुरुङले महिलाहरु संगठित हुदै नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो ।

गुरुङले नेपालीहरुको महान पर्वहरुको शुभकामना दिदै आफ्नो गक्षअनुसार चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो । रेडियो गण्डकीका स्टनेश म्यानेजर एवं शुभन्युज डटकमका समाचार संयोजक घनश्याम पाण्डेयले एकतामा बल हुने भन्दै विभिन्न पेशमा ब्यबसायमा भएका स्याङजाली दिदि बहिनी संगठित हुनु राम्रो भएको बताउनुभयो ।

पाण्डेयले दशै तिहार लगातका पर्वको शुभकामना दिदै अब सुन्नेमात्रै नभएर सहभागी सवैबाट एक आपसमा शुभकामना ब्यक्त गर्नुपर्ने बताउनुभयो । एकता समाजका अध्यक्ष संगीता अधिकारी पाण्डेले एकतामा समाज सवै स्याङजाली दिदीबहिनीको सुख दुखको विसाउनी चौतारी बनाउने सोच रहेको बताउनुभयो ।

Facebook Comments