अपराध निरुत्साहित गर्न शान्तिपूर्ण र्याली

अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान २०७५ अन्तर्गत शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको छ । महिला हिंसा बलात्कार लगायतका सामाजिक विकृति विसंगति लगायतका गतिविधिलाई निरुत्साहित गर्ने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरिएको हो । समाजमा भएका विकृती विसङगतीहरुको अन्त्य गरि आम नागरिकलाई सुसूचित बनाई अपराध रहित समाजको निर्माण गर्ने साथै यस्ता कार्यमा अन्य सरोकारवाला निकायहरुको समेत सहभागिता एवम् एक्यवद्धता जुटाउने उदेश्यले उक्त अभियानको थालनी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका सरकारी कार्यालय, विभिन्न सामाजिक संस्थाहरुको सहभागितामा प्रर्दशन गरिएको हो । सभागृहबाट न्यूरोड हुँदै प्रदर्शन गरिएको शान्तिपूर्ण र्यालीपछि चिप्लेढुंगास्थित मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले समाजमा शान्ती तथा स्थायित्व कायम गर्न नेपाल प्रहरी र सरकारको गतिविधि मात्रै प्रयाप्त नहुने भएकाले विकृति विसङगतिको नियन्यत्रण र रोकथाम सवैको चासोको विषय हुनुपर्ने बताउनु भयो ।

त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर बुढाले उक्त अभियान अन्तर्गत कास्कीका विभिन्न स्थानमा विभिन्न मिति र समयमा थुप्रै जनचेतना अभिवृद्धीका कार्यक्रमहरु हुने बताउदै अभियानको सफलताको लागि सवै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

लागूऔषध निषेध गरौ, मादक पदार्थ जुवातास नियन्त्रण गरौ, महिला हिंसा अन्त्य गरौँ साथै सवैखाले विकृति बिसङगती नियन्त्रण गर्न एकजुट होऔँ भन्ने नारा सहित प्रदर्शन गरिएको हो । सहभागीहरुले महिला हिंसा लगायतका सामाजिक विकृति विसंगतिका घटना निरुत्साहित गर्नुपर्ने बताएका थिए ।

Facebook Comments