पोखरामा दशैंको टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाइने

विजयादशमी अर्थात टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ । विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न पाउँन भनेर सार्वजनिक यातायातलाई सजह बनाउन लागिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा सोमबार भएको बैठकमा टीकाको दिन सार्वजनिक यातायातलाई सहज बनाउने प्रतिबद्धता यातायात व्यवसायीले गरेका छन् ।

उनीहरुले नगरबासीलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन आफूहरु कटिवद्ध रहेको बताए । पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बस मध्ये आधाले उक्त दिन सेवा दिने बताउनुभयो । उहाँका अनुसार १ सय ५० भन्दा बढी बसले उक्त दिन सेवा दिनेछन् ।

Facebook Comments