जर्वजस्ती करणीको प्रयास गरेको आरोपमा पन्त पक्राउ

पोखरा महानगरपालिका वडा नंं ८ मा एक महिलालाई जर्वजस्ती करणीको प्रयास गरेको आरोपमा पर्वतका अमृत पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत घर भएकी अन्दाजी ५६ बर्षीय महिलाले आफूलाई जवरजस्ती करणीको प्रयास गरेको बताएपछि प्रहरीले पन्तलाई पक्राउ गरेको हो ।

स्थानीयले जर्वजस्ती गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पन्तले मादक पदार्थ सेवन गरेको र निज लुम्बिनी विकास बैंकमा कार्यरत कर्मचारी रहको बताइएको छ ।

Facebook Comments