जनकल्याण वडास्तरीय पुरुष भलिबलको उपाधि ठकुरी समाज फिरफिरेलाई

जनकल्याण युवा क्लव पोखरा ३२ ले विजयादशमी तथा शुभ दिपावलीको अवसर पारेर आयोजना गरेको साविक लेखनाथ नगर वडास्तरिय छैटौं पुरुष भलिवल प्रतियोगिताको उपाधि ठकुरी समाज फिरफिरे बाबियो डाँडा तनहुले जितेको छ ।

समाजले उपाधि सहित ५१ हजार नगद, मेडल तथा ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा भानुमति युवा क्लव चैनपुर तनहुँले ३१ हजार नगद सहित, मेडल तथा ट्रफी जित्दै उपविजेता बनेको छ । घटस्थापना देखी २७ गतेसम्म संचालन भएको प्रतियोगितामा एक दर्जन समूहले भाग लिएका थिए ।

प्रतियोगितामा बिजयी टिमलाई पोखरा महानगरपालिका वडा नंं २९ का वडाध्यक्ष चेत बहादुर गुरुङ्ग र वडा नं. ३२ का वडाध्यक्ष अक्कल वहादुर कार्कीले पुरस्कार वितरण गर्दै, स्वस्थ जिवनका लागि खेलकुद आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments