पाकिस्तानमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरू आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले ठक्कर दिएको थियो । दुर्घटनामा रिक्सा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । तर, अपुष्ट विवरणमा उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ ।

Facebook Comments