पोखरामा सवारी दुर्घटना हुँदा २ जना घाइते

पोखरा १० रंगशाला गेट अगाडि हालसम्म नं. नखुलेको इमेन्जर मोटरसाइकले ग १५ प ३६ ४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ । स्कुटर चालक २१ बर्षीय देवा पुर्जामगर घाइते भई पोखरा अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै पोखरा महानगरपालिाका ६ जरेवर बुलौदीमा क्रस फायर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आघइते अनिश बास्कोटाको मनिपाल अस्पतालमा उपचार भइरहेको छ । बास्कोटा सवार ग १४ २९ ३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

Facebook Comments