भिरकोट नगरपालिकाको भवन शिलान्यास

आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भिरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ ।

शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि थानीय समाजसेवी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले रु दुई करोड मूल्य बराबरको वडा नं १ स्थित दार्सिङ भोर्लाकुनामा रहेको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

काम थालिएको दुई वर्षभित्र भवन निर्माण गरिसक्न गजेन्द्र निर्माण सेवासँग रु १० करोडको लागतमा ठेक्का सम्झौता गरिएको नगर प्रमुखका स्वकीय सचिव नन्दु खनालले बताउनुभयो । भवन शिलान्यासका क्रमममा नगर प्रमुख छायाराम खनालले कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा जग्गादाताको प्रशंसा गर्नुभयो ।

Facebook Comments