निर्बाचनका बेला गरिएका प्रतिबद्धता पुरा गर्छु – सांसद रेग्मी

गण्डकी प्रदेशका सांसद तथा विधायन समितिका सभापति मोहन रेग्मीले निर्बाचनको बेला जनतासामु आफूले गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभएको छ । स्याङजा भीरकोट ५ स्वरेक पकानफाँटमा भएको कार्यक्रममा बोल्दै रेग्मीले निर्बाचनका बेला बोलेको कुरा ताजै रहेको र आफूले पुरा गर्ने बताउनुभएको हो ।

सो अवसरमा उहाँले झारखाम पकानफाँट जोडने मोटरेबल पुलको लागि ७५ लाख बजेट प्रदेश सरकारले बिनियोजन गरेको जानकारी दिनुभयो । मोटरेबलपुल निर्माण पछि पकान फाँट स्वरेक भञ्ज्याङ महापुर, मैदान सिरकोटलाई पायक पर्ने उहाँको भनाई थियो । सांसद रेग्मील्े स्वरेकलाई पर्यटकीय क्षेत्र भनिएकोले खानेपानी सडक पुर्वाधार लगायतका निर्माण कार्य स्वतः समेटिने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङजाका नेता उदय श्रेष्ठले विकासका लागि पार्टीले ध्यान केन्द्रित गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भीरकोटका नेता सन्तोष केसीले स्थानीय चुनावको स्मरण गर्दे स्वरेककी जनताको इच्छा र चाहाना बमोजिमको कार्यक्रम ल्याउन संघिय र प्रदेश सरकारसंग पहल गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता नारायाण अर्याल, दामोदर तिवारी लगायतले विकासको लागि जनप्रतिधिहरुको मुख्य भुमिका हुने भन्दै स्वरेक पकान फाँट सहित भीरकोट ५ लाई विकासमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

Facebook Comments