स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा दर्शनार्थीको घुईंचो

स्याङजाको स्वरेक प्राकृतिक रुपमा मात्रै नभएर धार्मिक क्षेत्रको रुपमा पनि चर्चित रहेको छ । साहसिक खेल प्याराग्लाइडिङले मात्रै नभएर स्वरेकलाई धार्मिक क्षेत्रको रुपमा पनि चिन्ने गरिन्छ ।

स्याङजा जिल्लाकै मध्यभागमा रहेको स्याङजा भैरवकालिका मन्दिर स्वरेककोटमा हरेक बर्ष हजारौ भक्तजनले दर्शन गरेका छन् । विशेष गरी ठुलो दशैं र चैते दशैंमा दर्शन गर्नेहरुको भिड लाग्ने गर्दछ । पछिल्ला बर्षहरुमा मन्दिरमा जुन सुकै बेला भक्तजनहरु मन्दिरमा पुग्ने गरेको मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर सेनले जानकारी दिनुभयो ।

मन्दिरमा दर्शन गर्न पोखरादेखि पुग्नुभएका अर्पन थापाले आफ्नो भाकल पुरा भएकोले पहिलो पटक दर्शन गरेको बताउनुभयो । पेशा ब्यबसायमा असफल भएपछि भैरवकालिका सम्झेको र सफल पनि हुँद गएकाले थापा परिवार सहित मन्दिर दर्शनका लागि पुग्नुभएको हो ।

त्यस्तै पाल्पाबाट दर्शनको लागि आउनुभएका मन्दिरा अर्यालले पनि आफ्नो भाकल पुरा भएकाले मन्दिर दर्शन गर्न आएको बताउनुभयो । भैरवकालिका मन्दिरको दर्शन गर्नाले आफ्ना पुरा नभएका काम पुरा हुने जनविश्वास रहि आएको छ । दुःख परेको बेला स्थानीयहरुले भैरवकालिकाको स्मरण गर्ने गरेको भैरवकालिका क्षेत्र विकास समितिका अध्यक्ष सुवेदार डिलबहादुर सेनले जानकारी दिनुभयो ।

स्याङजाको बयरघारी र वालिङबाट ७ किलो मिटरको यात्रा पछि पुग्न सकिने मन्दिरमा नवमीको दिन दर्शन गर्नेको ठुलो भिडनै लाग्ने गर्छ । यसैविच स्वरेक मैदान भवानीथुममा रहेको राजेन्द्र भवानी मन्दिरमा पनि अष्टमीको दिनमा बर्षेनी बलिदिनेहरुको भिड लाग्ने गर्छ । यस बर्षपनि पुजा आरधाना गर्नेको भिड रहेको थियो ।

Facebook Comments