काठमाण्डौंमा साझाको विद्युतीय बस सञ्चालनमा

काठमाडौं उपत्यकामा मंगलबारदेखि विद्युतीय बस संचालनमा आएका छन् । साझा यातायातले ल्याएको बिजुलीबाट चल्ने बस प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । बसमा पुल्चोकदेखि सिंहदरबारसम्म बसमा यात्रा गर्नुभएको थियो । साझाले चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेका पाँचवटा बसबाट यो सेवा सुरु गरेको हो । अहिले दुईवटा बस काठमाडौं आइपुगेको र अरु तीनवटा बस ल्याउने प्रकृयामा रहेको साझा यातायातले जनाएको छ ।

उदघाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंमा सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने उल्लेख गर्नुभयो । वातावरण प्रदुषण कम गर्नमा विद्युतीय बस उपयोगी मानिन्छ । तर नेपालका सडक पुर्वाधारमा यस्ता बस सञ्चालनमा चुनौतिपूर्ण बन्ने निश्चित छ ।

Facebook Comments