प्रविधिको सहयोगमा छुटेको सामान फिर्ता

ट्याक्सीमा छुटेको झोला सिसिटिभीको भिडियोको आधारमा पत्ता लगाई सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं १४ मान्देढुगा बाट लेकसाईड जादा ट्याक्सीको डिक्किमा राखिएको बहुमुल्य सामान भएको झोला छुटेको भनदै प्रहरीमा उजुरी परेको थियो ।

बताईएको हुलिया अनुसारको ट्याक्सीको सिसिटिभीको सहायताबाट निग्रानी तथा फलोअफ गरी हुलियासंग मेल खाने ट्याक्सी कार्यालयमा लगेर डिक्किमा हेर्दा पिडितले बताए बमोजिमको झोला सुरक्षित प्राप्त भएको र उक्त झोला सम्बन्धित ब्यक्तिलाइ हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments