मिस नर्स पोखराको अडिसन हुँदै

नर्स पेसामा आबद्ध युवतीहरुलाई लक्षित गरी पोखरामा पहिलो पटक मिस पोखरा पिस हुने भएको छ । एपी इन्टरटेन्मेन्ट र एसटी क्रियसन आयोजना तथा सेपअप स्लिमिङ सेन्टरको सहकार्यमा प्रतियोगिता आयोजना हुने भएको हो । अडिसन कार्तिक ७ गते बुधबार क्लाउड नाइन सेलवेज टावर चिप्लेढुङ्गामा हुने आयोजकले जनाएके छ ।

सामाजिक सेवा भाव भएर नर्सिङ पेसालाई अंगाल्दै आएका युवतीहरुलाई पेसा प्रतिको सम्मान र हौसला प्रदान गर्ने गरी यस किसिमको प्रयोगिता आयोजना गरेको एसटी क्रियसनका प्रबन्ध निर्देशक एवं कोरियोग्राफर सुरज थापाले दिनुभयो । अडिसनमा नर्सिङ पेसामा आबद्ध भई १५ देखि ३० वर्ष उमेर समूहका युवती सहभागी हुन पाउने बताइएको छ ।

Facebook Comments