शहीदको सपना पुरा गर्न प्रतिबद्ध छौं : अधिकारी

नेकपा गण्डकी अञ्चलका सह इञ्चार्ज एवं सांसद खगराज अधिकारीले वर्तमान सरकार शहीदहरुको सपना पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका ३० शिशुवामा शहीद थमन परियारको १४औं स्मृति सभामा बोल्दै प्रमुख अतिथि अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले शहीद थमन परियारमा व्यवहारिक र सैद्धान्तिक दुबै हिसावले क्रान्तिकारी चरित्र रहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा अतिथिहरु पूर्व रासस अध्यक्ष कोमलनाथ बराल, झलकपाणी तिवारी, प्रदेश सभासद दिपक कोईराला, तेजकुमारी पौडेल, जिल्ला समन्वय समिति उपाध्यक्ष सावित्री भण्डारी लगायत जिल्लाका विभिन्न संयन्त्रका सदस्य, विभिन्न वडाका प्रतिनिधिहरुले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

थमन परियार स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम लालमोहन तिवारीको अध्यक्षता रसन्तोष परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments