तालबाराही मन्दिरमा एकैदिनमा ५० हजार दर्शनार्थी

आज आश्विन शुक्ल पूर्णिमा, अर्थात कोजाग्रत पूर्णिमा । बुधबारबाट यस वर्षको बडादशैं समापन भएको छ । यसैविच आज विहानैदेखि पोखराको फेवातालको विचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्नेको घुइचोलागेको थियो ।

दर्शन गर्न पोखरामात्रै नभएर छिमेकी जिल्लाहरुबाट समेत दर्शनार्थिहरुको भिडलागेको थियो । बर्षेनी तालबाराही मन्दिरमा कोजाग्रत पुर्णिमाको दिनमा मेला लाग्ने गर्छ । पोखरा घुम्नआएका आन्तरिक तथा बाह्य पर्यटकहरु पनि उल्लेख्य रहने गरेको मन्दिर ब्यबस्थापन समितिका सदस्य एव डुङ्गा ब्यबसायी समितिका उपाध्यक्ष मंगल बहादुर नेपालीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवातालको सुन्दरतासंगै तालबाराही मन्दिरका कारण धार्मिक पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साँसद पहारीले फेवाताल जोगाउन सवैले ध्यानदिनुपर्ने बताउनुभयो । विश्वको उत्कृष्ट तालमध्ये १३ औं स्थानमा फेवाताल रहेको छ ।

अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले २०१४ साल देखि तालबाराही मन्दिरमा कोजाग्रत पुर्णिमा दिनमा मेला लाग्ने गरेको सुनेको बताउनुभयो । मन्दिरमा साँझ आरती समेत गर्ने प्रचलन रहेको छ ।

Facebook Comments