युवा व्यवसायी सरोज अधिकारीको लेक लागेर मृत्यु

पोखरा बागमाराका ३८ वर्षीय युवा व्यवसायी सरोज अधिकारीको लेक लागेर मृत्यु भएको छ । मनाङ जिल्लाको तिलिचो तालमा ट्रेकिङका लागि गएका बेला लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको लेक लागेर मृत्यु भएको हो । ट्रेकिङका लागि गएका अधिकारीको आज मृत्यु भएको हो ।

अधिकारी आज विहान करिब ५ बजे तिर बजे अचानक लेक लागि बेहोश भई लडेपछि उपचारका लागि हेलिकप्टर मार्फत् पोखरा ल्याईएको थियो । अधिकारीलाई सिम्रिक एयरको हेलिकप्टर मार्फत् मणिपाल शिक्षण अस्पताल पोखरामा ल्याईएको थियो । अस्पतालमा चेकजाँच गर्नु अगावै अधिकारीको मृत्यु भईसकेको चिकित्सकहरुले जनाएका छन् । अधिकारीको दाहसंस्कार पनि गरिसकिएको छ ।

Facebook Comments