ब्राजिलमा निर्वाचन प्रचारमा ह्वाटस् एपको व्यापक प्रयोग

ब्राजिलमा निर्वाचनको प्रचारका लागि ह्वाटस् एपको व्यापक प्रयोग गरिएको छ । राजनीतिक पार्टीहरुले राष्ट्रपति छनौटको प्रारम्भिक चरणको निर्वाचनको पूर्वसन्ध्यामा ह्वाटस् एप मार्फत मतदाता समक्ष सन्देश पठाइएको हो ।

सफ्टवेयर मार्फत् फेसबुक प्रयोगकर्ताको फोन नम्बरमा निर्वाचन प्रचारका सामग्री पठाइएको हो । आइतबार हुने निर्वाचनले राष्ट्रपतिबारे निर्णय हुनेछ । दक्षिणपन्थी उम्मेदवार जेअर बोलसेनारो र बामपन्थी वर्कस पार्टीका फेरनाडो ह्याडाड वीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

ब्राजिलमा निजी सन्देशबाहक मात्र नभई मोवाइल कम्पनीहरुले ह्वाट्स एपलाई विभिन्न स्किम मार्फत् चलाउन सक्ने अफर दिएका छन् । जस्ले गर्दा निर्वाचन प्रचारका लागि यो एप सजिलो र सस्तो बनेको छ । इन्टरनेट नहुँदा पनि यस मार्फत् सन्देश पठाउन मिल्ने बनाइएको विविसीले उल्लेख गरेको छ । कतिपयले भने यसलाई गैरकानुनी भनेका छन् ।

ब्राजिलमा राजनीतिक प्रचारमा मात्र नभई व्यपारिक प्रयोजनका लागि समेत यो एप प्रयोग हुँदै आएको छ । यसको प्रयोगबाट १० मिनेटमा १ हजार फोन नम्बर छनौट गर्न र सन्देश पठाइएको रिपोर्टमा दावी गरिएको छ ।

Facebook Comments