क्रिकेटको विश्वकप ट्रफी पोखरा ल्याइँदै

पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) चल्दै गर्दा विश्वकप क्रिकेटको ट्रफी पोखरा ल्याइने भएको छ । पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा ल्याउन लागिएको आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिनुभयो । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

कार्यक्रम अनुसार अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइनेछ । नेपालमा चार दिन राखिने ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पु¥याइनेछ । त्यस्तै २८ तारिख आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरिमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको घिमिरेले जानकारी दिनुभयो ।

इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्त रूपमा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी विश्व भ्रमणको दौरान नेपालमा समेत प्रदर्शन गर्न लागिएको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

Facebook Comments