निर्मला हत्या प्रकरणः एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट बर्खास्त

सरकारले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको ठहरसहित नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ । गृहमन्त्रालयल विज्ञप्ति जारी गर्दै बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ ।

गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तको शव भेटिएपछि अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापरवाही गरेको सरकारले गठन गरेको छानविन समितिले ठहर गरेको थियो ।

विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । पछिल्लो पटक सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । गृहमन्त्रालयका अनुसार दोस्रोपटक सोधिएको स्पष्टीकरणमा समते चित्तबुझ्दो जवाफ नआएकाले निलम्बन गरिएको हो ।

प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विष्टले साथै बालिका हराएको खबर आएपछि खोजतलासमा ध्यान नदिएको, बलात्कार तथा हत्यासँग सम्बन्धी प्रमाणहरु नष्ट गरेको, नेपालमा नभएका मृतकका बाबुको दस्ताखत गराइएको तथा मृतकको शव जनाउन अनावश्यक दबाव दिएको छानविन समितिले उल्लेख गरेको छ ।

Facebook Comments