पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता शुरु हुँदै

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा सभामुख कृष्णबहादुर महराले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लिगको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनवीच प्रतिस्पर्धा हुँदैछ ।

ट्रफी सार्वजनिक

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक क्वीन्स ईभेन्ट प्रा.लिले आज पोखराको फेवातालमा ट्रफी सार्वजनिक गरेको हो । यसका साथै शुक्रबारदेखि पोखरामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

पीपीएलको विजेताले २७ र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर मोटरसाईकल पाउनेछन् ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, एक्सपर्ट धनगढी ब्लुज्, पोखरा पल्टन, काठमाण्डौं रोयल्स, बुटवल ब्लास्टर गरी ६ वटा टिमले प्रतियोगितामा भाग लिदैंछन् ।

पोखरा पल्टनको कप्तानी सरदले धनगढी ब्लुजको दिप्रन्द्रसिंह ऐरीले गर्ने

पोखरा पल्टनले शरद भेषवाकरको कप्तानीमा प्रतिस्पर्धामा उत्रने भएको छ । त्यस्तै एक्सपर्ट धनगढी  ब्लुज दिपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा उत्रने भएको छ । दुवै टिमले पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो टिमले ट्रफी जित्ने दावी गरेका छन् । दुवै टिममा २ जना विदेशी खेलाडी सहभागी गराउने पक्का भएको छ ।

पोखरा पल्टनमा २ विदेशी सहित १४ राष्ट्रिय खेलाडी रहेका छन् । जसमा पोखराका दीपेश खत्री सुमन घिमिरे खेल्दैछन् । टिमको प्रशिक्षकमा विनोदकुमार दास र सहायक प्रशिक्षकमा रिजन प्रजु रहेका छन् । विदेशी खेलाडी भारतका रवि इन्दर नेपाल पहिलो खेलमा सहभागी हुने र युएईका मोहम्मद नभिद भने आउने क्रममा रहेको आयोजकले जनाएको छ ।

पोखरा पल्टनले गरेको पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पिपिएलले खेलकूद पर्यटनलाई सहयोग पुग्ने बताउनुभयो ।

पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ । बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ । त्यस्तै अन्य टिमले पनि विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेका छन् ।

Facebook Comments