लागू औषध सहित २ पक्राउ

कास्की प्रहरीले लागू औषध निष्तेज महाअभियान २०७५ अन्तर्गत २ व्यक्तिलाई ठूलो परिमाणको लागूऔषध सहित नियन्त्रणमा लिएको जनाएको छ । लागू औषध नियन्त्रणका लागि नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) का क्रममा उनीहरुलाई पक्राउ गरिउको हो ।

पोखरा महानगरपालिका बडा नं ८ न्यूरोडमा अबैध रुपमा लागुऔषध बिक्रि बितरण गर्न लागेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै कास्की प्रहरीले कौडा खेल्ने ८ जनालाई नगद रु २ लाख ९ सय ८० सहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका बडा नं ३१ लामास्वारा बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सार्वजनिक हित, सुरक्षा र नैतिकता विरुद्धको कसुर मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

Facebook Comments