सामुदायिक प्रहरीको भूमिका विषयमा छलफल

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिहं बोहराले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणाको विषयमा प्रस्तूतीकरण राख्नुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र आन्तरीक मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान समक्ष अवधारणा प्रस्तुत गर्नुभएको हो ।

सामुदायिक प्रहरीको दिगो विकास तथा सस्थाको विकासका लागि साथै प्रहरी, स्थानीय तह, समुदाय र विद्यालयको सहकार्यत्मक भुमिका हुनुपर्ने उहाँको अवधारणामा उल्लेख छ । सामुदायिक प्रहरी साझेदारी अवधारणामा हालसम्म भएका गतिविधि, आगामी रणनिति, अन्य सरोकारवाला निकायको भुमिका साथै यसबाट समाजमा पर्ने सकरात्मक प्रभावका बिषय समावेश रहेको छ ।

Facebook Comments