नेकपामा कार्यविभाजनका लागि कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको प्रदेश कमिटीलाई पूर्णता र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठित सो कार्यदलले सचिवालयको अर्काे बैठकमा राय प्रस्तुत गर्ने र उक्त प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गरिने महासचिव पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीमा ४४१ सदस्य छन् । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल हुने कार्यसूची रहे पनि प्रदेश कमिटीलाई पूर्णता र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे मात्र निर्णय भएको छ ।

यसअघि तोकिएका प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले प्रदेश कमिटीका सदस्यको सिफारिश गरेको नामलाई रुजु गरी सो कार्यदलले पूर्णताका लागि सुझाव दिनेछ ।

Facebook Comments