पोखरा प्रिमियर लिग(पिपिएल) शुरु, विराटनगरलाई पोखरा पल्टनको १९८ रनको लक्ष

सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पोखरामा शुरू भएको छ । प्रतियोगिताको पहिलो खेल घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सवीच खेल भइरहेको छ ।

पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १९८ रनको लक्ष दिएको छ । विराटनगर टाइटन्सको कप्तानी सन्दीप लामिछाने र पोखरा पल्टनको कप्तानी शरद् भेषावकरले गरेका छन । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी रहेका छन् ।

Facebook Comments