पोखरा प्रिमियर लिग(पिपिएल)मा पोखरा पल्टनको विजयी शुरुवात

सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)मा पोखरा पल्टनले विजयी शुरुवात गरेको छ । पोखरा पल्टन ५८ रनले विजयी बनेको हो । १९८ रनको लक्ष पछ्याएको विराटनगर टाइटन्सले निर्धारित २० ओभरमा १३९ रन मात्र बनाएको हो ।

प्रतियोगिताको पहिलो खेल घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सवीच भएको हो । विराटनगर टाइटन्सको कप्तानी सन्दीप लामिछाने र पोखरा पल्टनको कप्तानी शरद् भेषावकरले गरेका छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना गरेको हो । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी रहेका छन् ।

Facebook Comments