अम्बा घाँटीमा अड्कदा मृत्यु

स्याङजामा अम्बा खाने क्रममा घाँटीमा अड्केर एक बालकको मृत्यु भएको छ । जिल्लाको वालिङ.नगरपालिका १३ सिख्रे बस्ने प्रकाश नेपालीको छोरा ५ बर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्कीएर मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको बेलाउती खाने क्रममा घाटिमा अडकिन गई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र वालिङ स्याङजामा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments