नेपाल कम्युष्निट पार्टी(नेकपा)लाई निर्वाचन आयोगको बैद्यता

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई वैधानिकता दिएको छ । साविक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि आयोगमा पहिल्यैदेखि उक्त नामको पार्टी दर्ता रहेको भन्दै ऋषि कट्टेल पक्षले आयोगमा निवेदन दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहलको इजलासले शुक्रबार दुई दलको फरक–फरक अस्तित्व देखिएको भन्दै कट्टेलको निवेदन खारेज गर्ने निर्णय गरेको हो । आयोगले सत्तारुढ दलको कोष्ठभित्र नेकपा रहेकाले फरक पहिचान कायम हुने निष्कर्ष निकालेको हो ।

Facebook Comments